नेदरल्यान्डमा एचआइभीको सुपर स्ट्रेन फेला पर्यो
विश्व एकातिर कोरोना भाइरसको भेरिएन्टहरुसँग जुझ्नका लागि लागिरहेको छ भने यसैगरी अर्कातिर एचआइभीको पनि नयाँ भेरिएन्ट देखापरेको छ । नेदरल्यान्डमा वैज्ञानिकले एचआइभीको एक यस्तो स्ट्रेन फेला पारेका छन्, जसले भाइरसको विद्यमान भेरियन्टको तुलनामा बिरामीको स्वास्थ्य तीव्र रूपमा असर पुर्याउँछ ।
एचआइभीबाट सङ्क्रमित भइसकेपछि मानिसमा एक्वायर्ड इम्यून डिफिसियन्सी सिन्ड्रोम (एड्स) अवस्था बन्न जान्छ । यो भाइरस सामान्य रूपमा असुरक्षित यौन सम्बन्ध राख्नाले हुने गर्छ । यसले बिरामीको शरीरमा रहेको सीडी–४ नामको प्रतिरक्षा सेल्सलाई समाप्त पारिदिन्छ । यद्यपि एचआइभी/एड्सको कुनै स्थायी उपचार छैन । यसबाट केवल बचाउन मात्रै सकिन्छ ।
अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकको अनुमान अनुसार यो नयाँ भेरिएन्टको नाम भीबी भेरिएन्ट दिइएको छ । यद्यपि यो नेदरल्यान्डमा तीव्र दरमा फैलिरहेको छ । यसबाट सङ्क्रमित मानिसमा सीडी–४ सेल दुई गुणा तीव्र दरमा कम हुने पाइएको छ । सही समयमा जाँच नहुनाले यसका बिरामीमा एड्सको चरण छिट्टै आउन सक्छ । अर्थात् पछिल्लो एचआइभीको भेरिएन्टको सङ्क्रमण भएपछि एड्सको समय ६–७ वर्ष पछि आउने गर्दथ्यो । भीबीबाट सङ्क्रमित भएपछि यो स्थिति २–३ वर्षमै आउन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको देउवा समूहको बैठक चुनदेवीमा
-
कांग्रेस इतर समूहका नेताहरू चुनदेवीस्थित नयाँ कार्यालयमा (तस्बिरहरू)
-
कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला
-
ब्रिटिश प्रोफेशनल कलेजमा युनिभर्सिटी अफ लन्डनको बीएससी र एमएससी कार्यक्रम सुरु
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण