कपिलवस्तुको कृष्ण नगरपालिकाका नगर प्रमुख नेपाली काँग्रेसमा प्रवेश
शनिबार, २२ माघ २०७८, १५ : ४०
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । २०७४ सालमा स्वतन्त्रबाट चुनाव जितेका शाह शनिबार काँग्रेस प्रवेश गरेका हुन् । कपिलवस्तुको बहादुरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सभापति अमरसिंह पुन र पूर्व सभापति सुरेन्द्रराज आचार्यले शाहलाई पार्टीमा स्वागत गरेका थिए ।
यसअगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि माओवादीमा प्रवेश गर्ने चर्चा रहेका उनी त्यसयता मौन रहँदै आएका थिए । शाह लामो समय स्वतन्त्रबाट राजनीति गर्दै आएका थिए । उनको प्रवेशले पार्टीलाई थप बलियो बनाउने काँग्रेस सभापति पुनले बताए । शाह त्यस क्षेत्रका सांसद अभिषेक प्रताप शाहका काका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण