गठबन्धन दलहरु एमालेसँग चुनावमा जान डराएः प्रदीप ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन दलहरु एमालेसँग चुनावमा जान डराएको बताएका छन् । ज्ञवालीले सरकारले स्थानीय तहको चुनाव छल्न अनेक बहाना गरिरहेको आरोप समेत लगाएका छन् ।
प्रेस चौतारी नेपाल रूपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘एमाले चुनाव फेस गर्न तयार छ । तर सरकार पानीसँग छालाका जुत्ता डराएजस्तो चुनावसँग डराएको छ ।’ उनले मुलुकको निकास ताजा जनादेशबाट प्राप्त हुने भएकोले समयमा स्थानीय तहको चुनाव गर्नुपर्ने माग राखे । साथै, अहिलेको सरकारले निकै अस्तव्यस्त सिर्जना गराएको आरोप पनि लगाए ।
ज्ञवालीले देशको वर्तमान अवस्था आन्तरिक र बाह्य हिसाबले चुनौतीपूर्ण देखिएको भन्दै संविधानले स्थानीय तह एक दिन पनि रिक्त नहुने व्यवस्था गरे पनि त्यसलाई छलेर अनेक बहाना रचिरहेको बताए ।
उनले एमालेले एमसीसीप्रति उपयुक्त समयमा आफ्नो धारणा दिने भन्दै माओवादीले एमसीसीमा दोहोरो भूमिका खेलेको आरोप लगाए । एमसीसीप्रति सभामुखको धारणा विवादास्पद रहेको बताउँदै सभामुखले संसदको ढोका बन्द गरेको जिकिर उनको थियोे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण