आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचन आचारसंहिता लाग्नु पूर्व नै भूमिहीनलाई लालपुर्जा

मङ्गलबार, २५ माघ २०७८, १५ : ५८
मङ्गलबार, २५ माघ २०७८

भरतपुर महानगर प्रमुख रेनु दाहालले निर्वाचन आचारसंहिता लाग्नु पूर्व नै भूमिहीनले लालपुर्जा पाइसक्ने बताएकी छन् । भरतपुर महानगर सहित चितवनका ३ स्थानीय तहमा अहिले भूमिहीनलाई लालपुर्जा वितरण गर्ने गरी निस्सा वितरण र नापीको काम सुरु भएकाले निस्सा वितरण भएको ३५ दिन भित्र रातो पुर्जा वितरण गर्ने गरी आयोगले धमाधम काम गरेको बताउँदै दाहालले स्थानीय तह निर्वाचन आचार संहिता लाग्नु पूर्व नै भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने दाबी गरिन ।

भरतपुर महानगर ११ गणेशथानमा नेकपा माओवादी केन्द्रद्वारा आयोजित पार्टी प्रवेश एवं पद हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर दाहालले विगतमा निर्वाचनका बेला जनतामा गरेको वाचा आगामी निर्वाचन अगाडी नै पुरा गर्ने गरी आफूहरू भूमिहीनलाई जग्गाका मालिक बनाउने अभियानमा केन्द्रित भएको बताइन् ।

उनले भनिन अब निर्वाचन घोषणा भइसकेको छ, काम गर्न धरै छ ,अव अरू विकास भन्दा पनि आफ्नो ध्यान भूमिहीनलाई जग्गाको मालिक बनाउने तर्फ बढी केन्द्रित हुन्छ, त्यसका लागी म र हाम्रो पार्टी , केन्द्र सरकार देखी स्थानीय तह सम्म नै भूमिहीनको समस्या समाधानमा लागेको छ ।

विगतमा धेरै आयोग बने पनि भूमिहीनको पक्षमा काम गर्ने आयोग नबनेकाले समस्या भएको र अहिले माओवादी केन्द्रको जोड बलमा नै भूमिहीनलाई जग्गाको मालिक बनाउन लागिएको दाबी गरिन् । मेयर दाहालले आफू निर्वाचन जितेर आएपछि महानगरको विकासमा धेरै फड्को मारेको दाबी समेत गरिन । उनले विरोधीहरू समेत महानगरको विकास बाट खुसी रहेको बताइन् । मेयर दाहालले भनिन विरोधीहरूले समेत महानगरमा विकास भएको छैन भनेर आज सम्म भन्न सकेका छैनन्, महानगर विकासमा देशको नमुना बनेको छ । अझ नमुना बन्ने छ । कार्यक्रममा नेकपा एमाले, नेपाली काँग्रेस, राप्रपा, वैद्य माओवादी लगायतका पार्टी परित्याग गरी २२२ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप