छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । एक जनाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ भने अर्का एक जनाको पार्किङ गरेर राखिएको स्काभेटरमा शव फेला परेको छ ।
पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर २ की ७३ वर्षकी गौकुमारी श्रेष्ठको आगो ताप्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आफ्नौ घरमा आगो ताप्ने क्रममा जलेपछि उपचारको क्रममा उनलाई मिसन अस्पताल तानसेनमा ल्याएको थियो । त्यहीँ आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा नजिकै एक युवाको शव फेला परेको छ । उनी स्याङ्जाको कालीगण्डकी–३ का ४० वर्षीय अर्जुन घर्ती भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
तल्लो सिद्धबाबा नजिकै सडक छेउमा पार्किङ गरेर राखिएको स्काभेटरमै झुण्डिएको अवस्थामा घर्तीलाई भेटिएको थियो ।
स्थानीयले देखेपछि तत्कालै इलाका प्रहरी कार्यालय दोभानमा खबर गरेका थिए । उनको शवलाई थप अनुसन्धानका लागि पोष्टमार्टम गर्न पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पामा प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । घटनाको प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण