चर्चित हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक
शुक्रबार, २८ माघ २०७८, १० : ३०
चर्चित हास्य कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक परेको छ । उनकी आमा विमला घिमिरेको शुक्रबार बिहान साढे दुई बजे ग्रिनसिटी अस्पतालमा निधन भएको कलाकार कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।
६८ बर्षकी विमलालाई ९ महिना अगाडि मस्तिस्कघातको कारण ग्रिनसिटी अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा केही अप्रेसन गरिएको थियो । अप्रेसनपछि विमला कोमामा पुगेकी थिइन् ।
विमलाको आजै अन्त्येष्ठि गरिने परिवार श्रोतले जनाएको छ । विमलाको निधनप्रति बिभिन्न सेलिब्रेटीले सामाजिक संजाल मार्फत शोक ब्यक्त गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण