दार्चुलामा भेटियो भारतीय डिभाइसयुक्त शंकास्पद बेलुन
दार्चुलाको नौगाड गाउँपालिकामा बिहीबार राति आकाशबाट विद्युतीय यन्त्रजडित बेलुन खसेको छ । राति करिब ८ बजेतिर तीन ओटा ब्याट्री जडान गरिएको विद्युतीय यन्त्र जस्तो देखिने बेलुन खसेको वडा नम्बर ३ खारका स्थानीय अर्जुनसिंह ठगुन्नाले बताए ।
आकाशमा उडिरहेको बेलुन विद्युतीय पोलमा ठोक्किएर खसेपछि हेर्दा भारतीय मोबाइल नम्बर लेखिएको ब्याट्रीजडित डिभाइस पाइएको उनले बताए । विद्युतीय यन्त्र जस्तो देखिने उक्त वस्तुभित्र मेमोरी कार्ड जस्ता प्लेटहरू, तीन ओटा ब्याट्री जडान गरिएको छ भने भारतीय मोबाइल नम्बर लेखिएको छ ।

उक्त मोबाइल नम्बरमा फोन गर्दा उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनस्थित भारतीय मौसम विज्ञान विभागको रहेको जानकारी प्राप्त भएको छ । भारतीय मौसम विज्ञान विभागले वायुमण्डलको डाटा संकलनका लागि बेलुन बाँधेर उक्त डिभाइस उडाउने गरेको फोनका जवाफ मिलेको उनले बताए ।
नौगाड गाउँपालिकाका योजना शाखा अधिकृत नरेन्द्र ठगुन्ना, विपद् व्यवस्थापन शाखा प्रमुख कृष्ण सिंह ठगुन्ना लगायतको टोली पनि उक्त स्थानमा पुगेको थियो । उक्त विषयमा बुझ्न प्रहरी टोली खटाइएकाले विस्तृत जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए । यसअघि पनि दार्चुलाको आकाशमा यस्ता शंकास्पद वस्तुहरू फेला पर्ने गरेका छन् । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण