पौरखी पात्र : च्याउ खेतीदेखि गार्मेन्ट उद्योगसम्म चलाउने महिलाका संघर्ष र सफलताका कथा
लुम्बिनी प्रदेशको रुपन्देही,पाल्पा,नवलपरासी र पाल्पा जिल्ला रहेका च्याउ खेतीदेखि गार्मेन्ट उद्योगसम्म चलाउने महिलाका संघर्ष र सफलताका कथा समेटेर पौरखी पात्र’नामक पुस्तक बजार आएको छ । विभिन्न साहित्यिक विधामा कलम चलाउने बुटवलका दलबहादुर गुरुङ र प्राध्यापक माधवकुमार पौडेलले लकडाउनको समय सदुपयोग गर्दै यस क्षेत्रका रहेका साना ठुला उद्यम गर्ने महिलाहरूको संघर्ष र सफलताका कथाहरू खोजी गरी पुस्तक प्रकाशन गरेका छन् ।
लेखकद्वय ले सानो र थोरै लगानीमा पनि समृद्धिको यात्रामा जान सकिन्छ ५० हजार, १ लाख रुपैयाँ भए पनि त्यसलाई सही रूपमा प्रयोग गरेर मेहनत गर्दा आयस्रोत वृद्धि गर्दै समृद्धितर्फ जान सकिने सन्देश दिएका छन् । भुगोल,समुदायदेखि धार्मिकता समेत ध्यानमा दिँदै हरेक क्षेत्रका महिलाहरूको उद्यमी बन्ने योजना र सपनाको गहन रूपमा प्रस्तुत गरेका छन् । उद्यमी बन्नको लागि मेहनत र लगन सिल चाहिने यहाँ प्रस्तुत गरेका महिला पात्रबाट देखाएका छन् । त्यसबाट धेरैले सन्देश लिन सक्ने छन् । च्याउ खेती गर्ने, कखुरा फर्म सञ्चालन गर्दैदेखि युट्युब हेरेर गार्मेन्ट उद्योग चलाउने सम्मका संघर्ष र सफलता ३९ जना महिलाको कथा रहेका छन् । पुस्तकमा सशस्त्र द्वन्द्वमा माओवादी भूमिगत बनेकी दिल कुमार रोका मगरदेखि सहकारीका सारथि जुनमा गिरीसम्मको संघर्ष र सफलता उल्लेख गरिएको छ ।
पुस्तकमा प्राध्यापक माधव कुमार पौडेलले अङ्ग्रेजी भाषामा उतारेका छन् । भने दल बहादुर गुरुङले नेपाली भाषामा लेखेका छन् । यसअघि गुरुङले नसोध मलाई गीतिनाटक आस्थाका स्वरहरू चटनीसंग्रह,चिठ्ठी साहिँलीलाई,नौ फन्का कविता सङ्ग्रह, हात्ती करायो बाल गीत प्रकाशन गरेका छन् । लकडाउनको बेला महिलाहरूका साना साना कथा लेखेर बसेका गुरुङलाई पौरखी यात्रा पुस्तक प्रकाशन गर्नको लागि महिला उद्यमशीलता प्रवर्द्धन नेपालको सहयोगमा छाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण