दाङ र बर्दियामा सडक दुर्घटना, २ जनाको मृत्यु
शनिबार, २९ माघ २०७८, २० : ५६
शनिबार दाङ र बर्दियामा भएका सडक दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । दाङको लमही उपमहानगरपालिका–२ स्थित बनकटुवा भन्ने स्थानमा रा.१ ख.२२३८ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री ५६ वर्षीया राममती चौधरीको मृत्यु भएको हो ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा जनाइएको छ । उता बर्दियाको बाँसगढी नगरपालिका–४ बठुवास्थित सडकमा भे २ त १३१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–७ बस्ने १५ वर्षीय सुमन थारु रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कौशिल्या अस्पतालमा बाँसगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अन्य १६ जनालाई उपचारका लागि मेडिकल कलेज कोहलपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण