शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विद्यालय पढ्ने किशोरीहरूलाई साइकल

शनिबार, २९ माघ २०७८, २१ : ४०
शनिबार, २९ माघ २०७८

बाँकेको डुडुवा गाउँपालिकाले  किशोरीहरूलाई  उच्च शिक्षा हासिल गर्न  प्रोत्साहित गर्ने उद्देश्यका साथ गत वर्षको एसइई परीक्षा उत्तीर्ण गरेका छात्राहरूलाई पालिकाको तर्फबाट निःशुल्क साइकल वितरण गरेको छ ।

२०७७ सालमा एसइई  पास गरेका गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका १ सय २२ जना छात्रालाई शनिबार एक समारोहका बीच साइकल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरूलाई उच्च शिक्षा हासिल गर्न जान आउन सहज होस र उनीहरू प्रोत्साहित होउन् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताए ।

उनले विशेष गरी मधेसी समुदायका किशोरीहरू साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने दाबी समेत गरे  । अध्यक्ष चौधरीले उच्च शिक्षा हासिल गर्न डुडुवा मै क्याम्पसको स्थापनाका लागि पहल सुरु भएको भन्दै त्यसले पनि किशोरी उच्च  शिक्षा हासिल गर्न थप  प्रोत्साहित गर्ने धारण समेत राखेका थिए । गाउँपालिकामा गत वर्षसम्म ५ वटा मावि रहेकोमा यस वर्ष  शाहपूर्वा मावि कम्दी र जनता मावि होलियाको स्तरवृद्धि गरी मावि बनाइएको  त्यस पालिकाको शिक्षा शाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप