बर्दियामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
सोमबार, ०२ फागुन २०७८, ११ : १३
बर्दियाको बारबर्दिया नगरपालिका–८ रम्बापुरमा आइतबार साँझ रोकी राखेको जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार बर्दियाको ठाकुरबाबा नगरपालिका–९ घर भएका २३ बर्षीय धनबहादुर चौधरी रहेका छन् ।
उपचारको क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा उनको मृत्यु भएको प्रहरी जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २६ बर्षीय मंगल शाहीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कर्णाली प्रदेश ०२–००१ प २४६१ नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजे अन टेष्ट लेखिएको जेसीबीमा ठोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण