बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चार दिनपछि खुल्यो नेपाल–भारत सीमा नाका

मङ्गलबार, ०३ फागुन २०७८, १० : ३९
मङ्गलबार, ०३ फागुन २०७८

चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको  विधानसभा  निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो ।

बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । निर्वाचनमा सुरक्षा संवेदनशीलताका कारणले गर्दा दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको थियो । सीमा बन्द रहेको अवधिमा आकस्मिकरूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने बताइएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप