मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

मङ्गलबार, ०३ फागुन २०७८, १२ : २०
मङ्गलबार, ०३ फागुन २०७८

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिकाको पाखापानीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा१ख १२८६ नंको टिप्परले आज बिहान एक साइकल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही गाउँपालिकाका  अन्दाजी ४० वर्षीया डिला पौडेल रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । ठक्कर दिने टिप्परलाई  नियन्त्रणमा लिइसकेको भए पनि चालक भने फरार रहेको प्रहरीले बताएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप