बुटवलबाट ९ जना बन्दकर्ता पक्राउ
रुपन्देहीको बुटवलमा बन्द गराउँदै हिँडेका ९ जना बन्दकर्ता पक्राउ परेका छन् । उनीहरुलाई बुटवलको बसपार्क लगायतका स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोर्चामा सहभागी नेता–कार्यकर्ता रहेको विप्लव नेतृत्वको नेकपाले जनाएको छ । गिरफ्तारमा पर्नेहरुमा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु, नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शशी विक, तुलराज विक लगायत नेता कार्यकर्ता छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बन्दकर्ताले तोडफोड नगरुन् भनेर सडकमा सुरक्षाकर्मी परिचालन गरिएको बताए । आज नेकपा लगायतका दल तथा मोर्चाद्वारा आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । मुख्य राजमार्गहरु बिहानैदेखि सुनसान छन् । बसपार्क पनि सुनसान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण