बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्लु बुक नवीकरण शुल्क ‘खल्ती’मार्फत कसरी तिर्ने ?

बुधबार, ०४ फागुन २०७८, ११ : ३८
बुधबार, ०४ फागुन २०७८

अनलाइन भुक्तानी सेवा खल्तीले निजी सवारी साधन प्रयोगकर्ताको लागि ब्लु बुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ । ब्लु बुकको शुल्क अनलाइनबाटै तिर्न मिल्ने गरि खल्तीले यो सेवा प्रदान गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरूले यस सेवाको लाभ लिन सक्ने भएपनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराउने कम्पनीले जनाएको  छ । 

प्रयोगकर्ताले भुक्तानी गर्नु पुर्व आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्छ । यो कार्य नागरिक एप वा यातायात व्यवस्थापन सूचना प्रणाली को वेबसाइटमार्फत गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ । 

एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताले ब्लु बुक नवीकरण गर्न सकिन्छ । खल्ती एप भित्र भएको गर्भमेन्ट सर्विसेसमा रहेको ब्लु बुक रिन्युमा नवीकरणमा ट्याप गर्नुपर्छ  । साथै, आवश्यक विवरणहरू भर्ने र भुक्तानी गर्नुपर्ने हुन्छ ।

नयाँ प्रयोगकर्तालाई अन्योल नहोस् भनेर स्याम्पल बिल एपमै उपलब्ध उपलब्ध छ । भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै खल्तीमा प्राप्त हुन्छ । भिआरएसद्वारा उपलव्ध गराईने बिल प्रयोगकर्ताले १० मिनेटमा खल्ती बाटै प्राप्त गर्नेछन् । खल्ती होमपेजको ट्रान्ज्याक्शनमा गइ दुवै बिल प्राप्त गर्न सकिन्छ । थप प्रक्रियाको लागि ३० दिनभित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्नुपर्छ । 

खल्तीले मोबाइल, टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम र अनलाईन सपिङ्ग गरि ६० हजार बढी सेवाग्राहीलाइ डिजिटल भुक्तानी तथा रकम आदानप्रदानमा सेवा दिइरहेको छ । साथै, विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्तालाई समयको साथै पैसाको बचतमा पनि योगदान दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप