जीतगढीमा १३ जना वीर योद्धाको शालिक निर्माण
रुपन्देहीको बुटवलमा नेपाल–अंग्रेज युद्ध भएको किल्ला जितगढीमा लडेका योद्धाहरुको शालिक निर्माण गरिएको छ । उक्त सम्पदा स्थल परिसरमा जीतगढीमा कर्णेल उजिरसिंहका पालाका १३ सेनाका अर्धकदका शालिक निर्माण गरिएको हो । यसअघि नै कर्णेल उजिरसिंहको पूर्ण कदको सालिक निर्माण भइसेको थियो ।
शालिकको एमाले सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले आज एक समारोहका बीच अनावरण गरेका छन् । उनले जनप्रनिनिधिहरु आएपछि ओझेलमा परेको जितगढीले मुहार फेदिदै गएको बताउँदै जितगढी किल्ला नेपालीको इतिहास र गौरव रहेकाले संरक्षण तथा प्रचार प्रसार गरिनुपर्ने बताए ।
अहिले जीतगढीमा तीन बिघा जग्गामा विभिन्न गुरुयोजना बनाएर संरक्षण, सम्बर्द्धन र विस्तारका काम भइरहेको छ । गुरुयोजना अनुसार नै १३ जना सेनाको सालिक निर्माण गरिएको हो । जसमा काजी वीरभञ्जन पाँडे, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, शमशेर राना मगर, सरदार सूर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शूरवीर बोहरा, हवल्दार रणशूर बानियां, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियां र जुठे बस्नेतको सालिक निर्माण गरिएको बुटवल नगरपालिका प्रवक्ता रामप्रसाद रेग्मी बताए ।
यस्तै उद्यान र झिलिमिली लाइटिङ तथा राष्ट्र धुनसहितको पानीका फोहरा निर्माण भएपछि अहिले जीतगढीको मुहार फेरिएको बुटवल नगरपालिका मेयर शिव राज सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण