राप्ती नदी किनारमा पुरुषको शव भेटियो, हत्या गरेको आशंका
शुक्रबार, ०६ फागुन २०७८, ११ : ०५
दाडको देउखुरीस्थित राप्ती नदी किनारमा एक पुरुषको शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर निवासी ५४ वर्षिय ल्यापटेन चौधरीको गढवा गाउँपालिका वडा नम्बर २ स्थित राप्ती नदी किनारमा मृत अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक पुरुषको शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ भने उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
गत फागुन १ गते देखि हराइरहेका उक्त पुरुषका राप्ती नदी किनारमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण