विएण्डसि मेडिकल कलेजलाई सम्बन्धन दिने ओली प्रचण्डको घोषणा
झापा – नेकपा एमालेका अध्यक्ष केपि ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले झापामा रहेको विएण्डसि अस्पतालको ५ दिने पूर्वाञ्चल स्वास्थ्य महत्सोव उद्घाटन गदै कम्युनिष्ट सरकार आएपछि अस्पतालबाट संचालन गर्ने मेडिकल कलेजलाई सम्बन्धन दिने बताएका छन् ।
यो देशलाई विकास हुन नदिने तत्वहरुले नै यस्ता मेडिकल कलेजहरुलाई संचालन गर्न नदिएको आरोप ओलीले लगाए । उनले भने ‘स्वास्थ्य विधेक पास गरौं भन्दा यो सरकारले फिर्ता लिएर भाग्यो । आगामी सरकार हाम्रो बन्छ यो मेडिकल कलेजलाई सम्बन्धन दिन्छौ ढक्क हुनु होस ।’
ओलीले भने ‘विद्यार्थी विदेश पठाएर कमिसन खाने एजेन्टहरुको धन्दा पनि हाम्रो सरकार आएपछि बन्द गर्छौं ।’
प्रचण्डले भने, ‘चुनावपछि वामपन्थीहरुको स्थिर र बलियो सरकार बनेपछि सबै कामहरु जनताको पक्षमा हुने छन् । विकास विरोधीका दिनहरु सकिदै छन् ।’
यो देशमा विकास विरोधी आफुहरु होइन काँग्रेस भएको बताए । अब जनताले विकास विरोधीहरुलाई पाखा लगाउने समय आएको बताए ।
प्रचण्डले आफुहरुको सरकार आएपछि विएण्डसि अस्पतालले संचालन गर्न थालेको विएण्डसि मेडिकल केलजलाई सम्बन्धन दिने बताए । तीन बर्षदेखि स्वास्थ्य सेवा दिइरहेको महत्सोव भरि विभिन्न सेवामा विभिन्न किसमका छुट पनि दिएको निर्देशक दर्गा प्रसाईले बताए । उनका अनुसार ल्यावमा २० प्रतिशत,अप्रेशनमा २० प्रतिशत र रेडियोलोजीमा १५ प्रतिशत छुट दिएको छ ।
आयोजना भरी एकसय जना चिकित्सकहरुले सेवा दिने छन् । तीनबर्ष पहिलाबाट सेवा सुरु गरेको अस्पतालले अहिलेसम्म ३५ हजार अप्रेशन गरेको प्रसाईले बताए । उनले भने यो अस्पताल खुलेपछि यो क्षेत्रका करिब २९ लाख सेवा ग्राहि लाभाविन्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण