जावलाखेल र हिमालयन तथा मनाङ र एनआरटी भिड्दै
आइतबार, ०८ फागुन २०७८, १० : २०
सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछ । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दिउँसो एक बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोलीको लक्ष्य शीर्ष छ मा टुंगाउने हुनेछ र दुबैको योजना जित रहेको छ ।
जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा छ । हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा छ । साँझ पौने ५ बजे सुरु हुने दोस्रो खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटी आमुने सामुने हुनेछन् ।
लिग मछिन्द्र फुटबल क्लबले जितिसकेको कारण मनाङको लक्ष्य शीर्ष दुईमा रहने हुनेछ । एन आर टी तालिका सुधार गर्न चाहन्छ । मनाङ ११ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा छ । एनआरटी ११ खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ राहदानी प्रणालीसँगै देखियो प्राविधिक समस्या
-
आँसु पुछ्न औँला छैनन्...
-
सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण
-
योजना आयोगको गुनासो : हाम्रो काम सुझाव दिने मात्रै भयो, कार्यान्वयन भएन
-
इमेलमा अश्लील म्यासेज पठाई महिलालाई दु:ख दिने व्यक्ति पक्राउ
-
२ जना नाबालकको पासपोर्ट छापेर सुरु भयो जर्मन कम्पनीबाट पासपोर्ट छपाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण