बाँकेमा ट्रकले च्यापिएर प्रहरी जवानको मृत्यु
सोमबार, ०९ फागुन २०७८, १० : ४४
बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहमा आइतबार राति ट्रक पल्टिँदा च्यापिएर ड्युटीमा खटिएको प्रहरी कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता वि.सि रहेकी छन् ।
शम्सेरगंजबाट कौशिलानगर बाँके तर्फ जाँदै गरेको ना३ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहमा मोड्ने क्रममा पल्टिँदा बि.सि च्यापिएकी थिइन् ।घाइते भएकी वि.सिको उपचारको क्रममा कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो । गएराती १० बजे भएको सवारी दुर्घटना लगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण