काँग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सकियो, दिउँसोसम्म मतपरिणाम आउने

नेपाली काँग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन आइतबार समपन्न भएको छ । लामो समयदेखि निर्वाचनस्थलको विवादले स्थगित हुँदै आएको क्षेत्र–३ को अधिवेशन पिपरा गाउँपालिकामा गर्ने सहमति भएपछि आइतबार निर्वाचन भएको हो ।
कहिले मतदान अधिकृतको अपहरण त कहिले नेताहरू बीचमै देखिएको मत विभाजनले अन्य क्षेत्रमा अधिवेशन हुँदा पनि क्षेत्र नम्बर ३ को भने विवादित बन्दै आएको थियो । जिल्लाको मनरासिस्वा वडा न–८ र बल्वा नगरपालिकामा पनि अधिवेशन समपन्न भएको छ । योसँगै जिल्ला अधिवेशनका लागि आकांक्षीहरूको सहभागी हुन पाउने बाटो खुल्ला भएको छ । अहिले पिपरामा मतगणना भइरहेको छ । दिउँसो १ बजेसम्म सम्पूर्ण नतिजा आइसक्ने जिल्लाका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।
सभापतिमा रागवेन्द्र झा र लवराजा सिंहबीच कडा प्रतिस्पर्धा भइरहेको छ । उक्त पदमा दुईजनाको मात्र उम्मेदवारी परेको थियो । विभिन्न वडा र पालिकाबाट मतदान गर्न पाउने अधिकार प्राप्त गरेका जम्मा पाँच सय ३४ जनाले मतदान गरेको जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदको घरबाट उद्धार गरिएकी बालिकाबारे सर्वोच्च अदालतको फैसलामा के छ ? (पूर्णपाठसहित)
-
सेती नदीमा अज्ञात पुरूषको शव फेला
-
नेपालमा पहिलोपटक रोयल टुलिप होटल उद्घाटन, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार
-
श्रेष्ठको कृति 'प्राग् इतिहासः आदिम सभ्यता' सार्वजनिक
-
दलतन्त्र विरूद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔँ : प्रभु साह
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप