कमल थापाले पार्टी घोषणा गरेसँगै राप्रपाको बैठक प्रभावित !
कमल थापाले नयाँ पार्टी (राप्रपा नेपाल) घोषणा गर्दा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको केन्द्रीय समिति बैठक प्रभावित भएको छ । राप्रपाले बुधबार बिहीबारका लागि केन्द्रीय समितिको बैठक तय गरेको भएपनि तयारी नपुगेको जनाउ दिँदै बैठक एक साता पर सारेको हो । राप्रपाको केन्द्रीय समिति बैठक फागुन १८ र १९ गते बस्नेछ ।
फागुन ७ गते कमल थापाले राप्रपा घोषणा गरेका थिए । थापाले पार्टी घोषणा गरेसँगै राप्रपाबाट केही नेताहरु उनीतिर लागेका छन् । सो क्रम अझै जारी रहने प्रवल सम्भावना रहेको नेताहरुले बताएका छन् । गत मंसिरमा भएको राप्रपाको महाधिवेशनबाट कमल थापा पक्षका पदाधिकारीसहित उल्लेख्य संख्यामा केन्द्रीय सदस्यहरु निर्वाचित भएका छन् । उनीहरुमध्ये अझै पनि लिङ्देनको राप्रपातिरै रहेका छन् ।
थापाले भने पार्टी यसअघिको पार्टी नफुटाउनको ‘गीताको कसम’ अनुसार पार्टी परित्याग गर्दै नयाँ पार्टी गठन गरेका थिए । पार्टी विभाजनको सन्देश नजाने गरी राप्रपाका आफू निकटका नेताहरुलाई राजीनामा गराएर पार्टीमा भित्र्याउने रणनीतिमा थापा छन् । सोही अनुसार उद्दव पौडेल, सुशील श्रेष्ठ, चन्द्रबहादुर गुरुङ, राजाराम बर्तौलालगायतले पार्टी परित्याग गरेर कमल थापातिर लागिसकेका छन् । छिट्टै अन्य नेताहरु पनि कमल थापातिर लाग्ने दाबी राप्रपा नेपालका एक नेताले बताए ।
पार्टीका कतिपय केन्द्रीय सदस्यहरु कमल थापातिर लाग्न सक्ने हुँदा तत्काल बैठक राख्न उपयुक्त नहुने निष्कर्षका साथ बैठक सारिएको राप्रपाका एक पदाधिकारीले बताए । अबको केही समयमा को–कता भन्ने स्पष्ट हुने र बैठक बस्ने ती नेताको भनाइ छ । तर, राप्रपाका प्रवक्ता मोहनले भने तयारी नपुगेका कारण बैठक स्थगित गरिएको बताए ।
एमसीसीको विरोधमा पार्टीका भ्रातृ संगठन सडकमा रहेको तथा अन्य तयारीहरु पनि गर्नुपर्ने भएकाले बैठक जम्मा एक साताका लागि सारिएको उनको भनाइ छ । उनले पार्टी एकढिक्का रहेको भन्दै पार्टीप्रति आकर्षण पनि बढ्दै गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण