कमल थापाले थाले पार्टीमा मनोनयन, राप्रपाका केन्द्रीय नेताहरुलाई पर्खिँदै
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा मनोनयन सुरु गरेका छन् । हालै निर्वाचन आयोगबाट उनको नेतृत्वको पार्टी अध्यावधिक भएसँगै राप्रपा नेपालको औपचारिक घोषणा गरेका थापाले मंगलबार वरिष्ठ सर्जन डा.अरुणकुमार सिंह (धनुषा),अधिवक्ता प्रा नरप्रसाद थापा (काठमाडौं),पूर्व प्रशासक ज्ञानेन्द्र कार्की (काठमाडौं) र उद्यमी रमेशराज पन्त (नवलपरासी) लाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेका हुन् ।
थापाले सम्वर्द्धनवाद, सुशासन र समृद्धिको अभियानमा सहभागी हुन सबैमा अपील समेत गरेका छन् । थापाले केही दिनभित्रै आफ्नो पुरानो पार्टी राप्रपामा रहेका आफू निकटका नेताहरुलाई पनि भित्र्याउने तयारी तयारी थालेका छन् । त्यसका लागि थापाले छलफल अघि बढाएको उनी निकट एक नेताले जानकारी दिए ।
राप्रपाको गत महाधिवेशनमा पराजित बनेपछि निर्मल निवासले हस्तक्षेप गरेको भन्दै पार्टीमा छानबिनको माग गरेका थापाले सो मागको सुनुवाइ नभएपछि पार्टी परित्याग गरेर नयाँ पार्टी बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण