बेलायतका लागि नवनियुक्त राजदूत आचार्यद्वारा पदबहाली
लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले २२ औँ राजदूतको रूपमा बुधबार दिउँसो लन्डनस्थित नेपाली दूतावासमा आफ्नो पदबहाली गरेका छन् । आचार्य आज बिहान मात्र कतार एयरको उडानमार्फत लन्डन आएका हुन् ।
राजदूत आचार्यले आफ्नो भावी कार्य योजनाबारे छलफल गर्ने क्रममा नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय, राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउने तथा गैर आवासीय नेपाली नागरिकहरूसँगको सहकार्य अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
त्यसै गरी उनले भूतपूर्व ब्रिटिस गोर्खाको समस्या समाधान आफ्नो प्राथमिकताको विषय रहेको समेत बताएको दूतावासले जनाएको छ । व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनलगायत आर्थिक कूटनीतिका क्षेत्रमा राजदूतावासको भूमिकालाई अझ प्रभावकारी बनाउन राजदूतावासमा एक जना कर्मचारीलाई सम्पर्क व्यक्तिको रूपमा तोकिने योजना राजदूत आचार्यले सुनाएका छन् ।
आचार्यको पदबहालीसंगै गत अक्टुबर २४ देखि राजदूतविहीन रहेको लन्डन दूतावासले नयाँ राजदूत प्राप्त गरेको छ। पछिल्लो चार महिना दूतावासकी उपनियोग प्रमुख रोशन खनालले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
राजदूत आचार्य नेपालका एक अनुभवी कूटनीतिज्ञ मानिन्छन् । अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले सन् १९८३ मार्चमा शाखा अधिकृतको रूपमा नेपालको परराष्ट्र सेवामा प्रवेश गरेका थिए। उनले पछि परराष्ट्र मन्त्रालयको सचिवसम्मको जिम्मेवारी सम्हालेका थिए ।
संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि रहिसकेका आचार्यले राष्ट्रसंघमा उपमहासचिवको जिम्मेवारी समेत सम्हालेका थिए।सन् २०१२ अगस्टमा संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले उनलाई उपमहासचिवमा नियुक्त गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण