शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको नगदसहित एक भारतीय नागरिक पक्राउ

बिहीबार, १२ फागुन २०७८, ११ : ४१
बिहीबार, १२ फागुन २०७८

महोत्तरीमा स्रोत नखुलेको करिब दश लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । महोत्तरीको मनराशिसवा–२ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको ९ लाख ५० हजार रुपैयाँसहित भारत बिहारको सितामढी सिरसिया थाना १४ बस्ने ३० वर्षिय दीपककुमार चौधरी रहेको महोत्तरी प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

महोत्तरी स्थित नेपाल–भारत सिमानाकाबाट बीआर ३० ए डि ८३४६ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका चौधरीलाई चेकजाँच गर्ने क्रममा उक्त रकम फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कम्बरमा रातो कपडाको थैलीभित्र लुकाई छिपाई ल्याएको नेपाली रुपैयाँको स्रोत नखुलेको उनले बताए ।

स्रोत नखुलेको रकमसहित चौधरीलाई कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको छ भने उनीसँग एक थान मोटरसाइकल, एक थान मोबाइल र एक थान भारतीय सिम कार्ड समेत बरामद भएका जनाइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप