स्रोत नखुलेको नगदसहित एक भारतीय नागरिक पक्राउ
महोत्तरीमा स्रोत नखुलेको करिब दश लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । महोत्तरीको मनराशिसवा–२ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको ९ लाख ५० हजार रुपैयाँसहित भारत बिहारको सितामढी सिरसिया थाना १४ बस्ने ३० वर्षिय दीपककुमार चौधरी रहेको महोत्तरी प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
महोत्तरी स्थित नेपाल–भारत सिमानाकाबाट बीआर ३० ए डि ८३४६ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका चौधरीलाई चेकजाँच गर्ने क्रममा उक्त रकम फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कम्बरमा रातो कपडाको थैलीभित्र लुकाई छिपाई ल्याएको नेपाली रुपैयाँको स्रोत नखुलेको उनले बताए ।
स्रोत नखुलेको रकमसहित चौधरीलाई कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको छ भने उनीसँग एक थान मोटरसाइकल, एक थान मोबाइल र एक थान भारतीय सिम कार्ड समेत बरामद भएका जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
-
३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण