प्रदेश १ मन्त्रिपरिषद् बैठक : प्रदेशको कृषि अनुदान नियमावली स्वीकृत
शुक्रबार, १३ फागुन २०७८, १५ : १५
प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आज बसेको बैठकले प्रदेश मन्त्रालय र मन्त्रालयगत निकायहरुको संगठन संरचना र एवं दरबन्दी स्वीकृत गरेको छ ।
यस्तै प्रदेशका विभिन्न स्थानीय तहका कार्यपालिकाले गरेको निर्णयद्वारा आएको विभिन्न वडाको संख्याको सीमाना हेरफेरसम्बन्धी प्रस्तावलाई नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय पनि गरेको सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले बताएका छन् ।
बैठकले प्रदेश कृषि अनुदान नियमावली स्वीकृत पनि गरेको छ । नियमावली स्वीकृत भएसँगै कृषि मन्त्रालयसँग सम्बन्धित प्रदेश सरकारले दिँदै आएको अनुदानलाई प्रभावकारी र पारदर्शी बनाउन सहयोग पुग्ने यादवले बताए । प्रदेश सरकारले प्रदेश संचार व्यवस्थापन गर्नका लागि बनेको विधेयक निर्माणका लागि यातायात तथा संचारमन्त्रालयलाई सैद्धान्तिक सहमति पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण