माओवादीको हिसाबः गुल्मीमा पाँच स्थानीय तह जित्छौं
गुल्मी– गुल्मीका पाँच वटा गाउँपालिकामा माओवादी केन्द्रका उमेदवारहरुले प्रमुख पद सहितको प्यानले जित्ने दाबी गरेका छन् । चन्द्रकोट गाउँपालिकामा युवराज केसी प्रमुखमा माओवादी केन्द्रबाट चुनावी मैदानमा छन् ।
रुरु गाउँपालिकामा नेपाली कांग्रेस संगको तालमेलबाट २७ वर्षिय यदु ज्ञवाली जिल्लामा सवै भन्दा कान्छो गाउँ प्रमुखका उमेदरवार हुन् । मालिका गाउँपालिकामा देविराम अर्याल, धुर्कोट गाउँपालिकामा नेपाली कांग्रेससँगगको तालमेलबाट भुपाल पोख्रेल र मदाने गाउँपालिकामा बेगमबहादुर चन्द बोहरा प्रमुख पदको चुनावी मैदानमा रहेका छन् ।
आफुहरु पाँचै जना ४० वर्षक ननाघेका युवा नेता भएकोले जनलहर आफुहरुको पक्षमा भएको उनिहरुको दावि छ । जनयुद्ध कालमा शसक्त लडाकुका रुपमा चिनिने उनिहरु आ–आफ्नो स्थानमा जनयुद्धकालमा समेत जनताको घरघरमा हुने गरेका थिए । पाँचै जना नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य स्तरका यी नेताहरु मध्ये दुई वटामा कांग्रेसले सहयोग गरेको छ भने तिन वटामा एक्ला एक्लै भिडेका छन् ।
चन्द्रकोटका उमेदवार युवारा केसी शिक्षण पेशा छाडेर जनताको मुक्तिका लागि भन्दै जनयुद्धमा लागेर जेलको यातना समेत भोगेका थिए । मालिका गाउँपालिका देविराम अर्याल जनयुद्धका घाइते समेत हुन् । भुपाल पोख्रेल जनयुद्धका लडाकु मात्रै नभएर त्यति वेलाका कलाकार समेत थिए ।
मदाने गाउँपालिकाका बेगमबहादुर चन्द बोहरा धेरै पटकका भिडन्तमा परेका व्यक्ति हुन । उनलाई एक पटक भिडन्तमा मृत्यु भयो भनिएका व्यक्ति हुन् ।
गुल्मीका २ नगरपालिका र १० गाउँपालिका मध्ये माओवादी केन्द्रले ५ गाउँपालिका जित्ने आंकलन गरेको सा पार्टीका जिल्ला ईन्चार्ज तथा पोलिटव्युरो सदस्य दिनेश पन्थीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण