बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकियो

शुक्रबार, १३ फागुन २०७८, १९ : ३३
शुक्रबार, १३ फागुन २०७८

सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकिएको छ । शुक्रबार बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले सहकारी संस्थाले प्रवाह गर्ने कर्जाको अधिकतम ब्याजदर १६ प्रतिशत ब्याजदर तोकेको हो । यस अघि सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत थियो । 

बजारमा गहिरिँदो तरलता अभावकाबीच बैंकहरुले निक्षेपको ब्याजदर नै ११.०३ प्रतिशत तोकेपछि सहकारी संघ संस्थाहरुले सन्दर्भ ब्याजदर अधिकतम १७ प्रतिशत पुर्याउन माग गरेका थिए । 

तर शुक्रबार बसेको ब्याजदर निर्धारण समितिले मध्य विन्दुमा १६ प्रतिशत तोक्ने निर्णय गरेको हो । योसँगै सहकारी अभियन्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुमा जस्तै सहकारीमा पनि सन्दर्भ ब्याजदर हटाएर आधारदर (बेस रेट) को व्यवस्था गर्न माग गरेका छन् ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप