सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकियो
शुक्रबार, १३ फागुन २०७८, १९ : ३३
सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकिएको छ । शुक्रबार बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले सहकारी संस्थाले प्रवाह गर्ने कर्जाको अधिकतम ब्याजदर १६ प्रतिशत ब्याजदर तोकेको हो । यस अघि सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत थियो ।
बजारमा गहिरिँदो तरलता अभावकाबीच बैंकहरुले निक्षेपको ब्याजदर नै ११.०३ प्रतिशत तोकेपछि सहकारी संघ संस्थाहरुले सन्दर्भ ब्याजदर अधिकतम १७ प्रतिशत पुर्याउन माग गरेका थिए ।
तर शुक्रबार बसेको ब्याजदर निर्धारण समितिले मध्य विन्दुमा १६ प्रतिशत तोक्ने निर्णय गरेको हो । योसँगै सहकारी अभियन्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुमा जस्तै सहकारीमा पनि सन्दर्भ ब्याजदर हटाएर आधारदर (बेस रेट) को व्यवस्था गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण