सङ्घीयतामा विकास विकेन्द्रीकृत हुन्छ : मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सङ्घीयतामा विकासका कार्य विकेन्द्रीकृत हुने बताएका छन् । प्रदेश नं १ सरकार, बाह्रखरी मिडिया, विराटनगर महानगरपालिका र उद्योग सङ्गठन मोरङ शाखाद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित आर्थिक सम्मेलनमा उनले प्रदेशको निर्माणका कारण यहाँका १४ जिल्लामा पूर्वाधार निर्माण दामासाही रुपमा भइरहेको धारणा व्यक्त गरे ।
सङ्घीयताको सुन्दर पक्ष नै मुलुकमा रहेको विकासको खाडललाई पुर्दै जानु भएको र अहिले नै प्रदेशको मूल्याङ्कन गर्ने समय नभएको चर्चा गर्दै मुख्यमन्त्री राईले शून्यको अवस्थाबाट सुरु भएको प्रदेश सरकारलाई केन्द्रीय सरकारले दिने अनुदान, राजस्व बाँडफाँट र राजस्व सङ्कलनको क्षेत्र सीमित हुँदा जनचाहनाअनुसार सोचिएको कार्य गर्न नसकिएको बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले उचित व्यवस्थापन नभएका कारण मुलुकमा तरलताको अवस्था सिर्जना भएको भन्दै सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने विचार राखे । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विगत छ÷सात महिनामा मुलुकमा विप्रेषण वृद्धि कम र आयात अत्यधिक भएका कारण आर्थिक समस्या उत्पन्न भएको बताए ।
उनले ठूला उद्योगी र व्यापारीलाई कर्जा लिन केही समस्या भएको महसुस भएको चर्चा गर्दै बजार सहज होस् भन्नका लागि राष्ट्र बैंकको रु ३२६ अर्ब रकम बैंकलाई चलाउनु दिएको जानकारी दिए । उनले अर्थतन्त्रमा उतारचढावका समयमा उद्योगी र व्यापारीलाई सरकारलाई सहयोग गर्न आग्रह गरे । अर्थसचिव मधु मरासिनीले पुँजीगत खर्च केही कम भए पनि समग्रमा ४० प्रतिशत खर्च भएको जानकारी दिँदै नेपाली बजारको ठूलो क्रेता भनेको नेपाल सरकार नै भएको बताए । उनले आगामी असार मसान्तसम्म अर्थतन्त्रमा केही उतारचढाव भए पनि समस्याग्रस्त भने नहुने विश्वास दिलाए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यस क्षेत्रमा औद्योगिक ग्राम स्थापना भए नागरिकको आयआर्जन वृद्धि हुनाले यसका आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी, प्रदेश लगानी बोर्डका कार्यकारी अधिकृत सरोज कोइराला, पूर्वअर्थसचिव रामेश्वर खनालले भारतीय पर्यटकलाई यस क्षेत्रमा आकर्षण गर्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष शेखर गोल्छा, बाह्रखरी मिडियाका सम्पादक प्रतिक प्रधान, नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवाल र उद्योग सङ्गठनका जिल्ला अध्यक्ष सुयश प्याकुरेलले भारत र बङ्गलादेशको उपभोक्तालाई ध्यानमा राखी औद्योगिक उत्पादन र पर्यटन क्षेत्र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । सोही अवसरमा मुख्यमन्त्री राईले औद्योगिक सर्वेक्षण तथ्याङ्क पुस्ताको विमोचन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण