शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मगर दिवसका अवसरमा म्याग्दे गाउँपालिकामा सार्वजनिक बिदा

आइतबार, १५ फागुन २०७८, ०६ : ५०
आइतबार, १५ फागुन २०७८

तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने  जनाइएको छ । 

मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताइन् । गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास छ । म्याग्देमा मात्रै सात हजार भन्दा बढी मगर समुदायको बसोबास रहेको छ ।  जिल्लाका स्थानीय तहले विभिन्न पर्व र अवसरमा सार्वजनिक बिदा दिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप