कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
आइतबार, १५ फागुन २०७८, १३ : ५९
कपिलवस्तुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । आइतबार जिल्लाको वाणगंगा नगरपालिका–१ बुङ्ची चोकस्थित सडकमा बा.३ ख ९८३० नम्बरको ट्रकले लु.३२ प ४८३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुद्धभूमि नगरपालिका–१ बस्ने २८ वर्षीय माधव अधिकारीको मृत्यु भएको हो ।
मोटरसाइकल चालक मृतकका बुबा ४८ वर्षीय धर्मराज अधिकारी घाइते भएका छन् । अधिकारीको सामुदायिक अस्पताल कपिलवस्तुमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण