बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी अमेरिकाले जबर्जस्ती लादेको होइन : महन्थ ठाकुर

आइतबार, १५ फागुन २०७८, १६ : ०५
आइतबार, १५ फागुन २०७८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसीको पक्षमा मतदान गर्ने भएको छ । एमसीसीमाथिको प्रतिनिधिसभामा आइतबार भएको छलफलमा भाग लिँदै सो पार्टीका अध्यक्ष समेत रहेका महन्त ठाकुरले नेपालको आवश्यक्ता र मागअनुसार नै एमसीसी आएकाले यसको सदुपयोग गर्नुपर्ने र त्यसको पक्षमा आफ्नो पार्टी रहेको बताए । उनले त्यसक्रममा एमसीसी जबर्जस्ती आएको नभई नेपालको माग अनुसार ने आएको दावी गरे । 

‘एमसीसी जबर्जस्ती लादिएको होइन । नेपालको आवश्यक्ता र मागअनुसार नै आएको हो, त्यसैले लोसपा यसको पक्षमा छ’, अध्यक्ष ठाकुरको भनाइ छ ।  उनले अमेरिकाले सात दशक बढी समयदेखि नेपालको विकास निर्माणमा सहयोग गर्दै आएको र त्यसैको निरन्तरता एमसीसी भएको ठाकुरको भनाइ छ । 

‘वर्तमानमा एमसीसी अनुदानका रुपमा आएको छ । जसमा गरिबी निवारण, सर्वसाधारणको जीवनलाई उकास्ने राम्रो लक्ष्य लिएको छ । खर्च हुने विषय पनि निर्धारण गरिएको छ, जुन विद्युत प्रशारण लाइन र सकड सञ्जालमा खर्च हुने हो’, ठाकुरले छलफलमा भाग लिँदै भने, ‘जसको बौद्धिक सम्पत्ति पनि नेपालले पाउने हो ।’  उनले नेपाल न्युन आम्दानी भएको देश भएकाले त्यो वर्गीकरणका आधारमै एमसीसी परियोजना आएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप