प्रथम गैँडाकोट मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा प्रथम गैँडाकोट मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । स्वास्थ्य, एकता र समुन्नतिका लागि खेलकूद भन्ने नाराका साथ यही फागुन २१ गतेदेखि गैँडाकोट–९ स्थित थुम्सीमा प्रतियोगिता आयोजना गरिने सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
नवजागरण ग्रामीण विकास केन्द्रले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, कास्की र चितवनका आठ टोलीले भाग लिने खेल संयोजक धामनाथ सापकोटाले बताए । लामो समयदेखि खेलकुदका गतिविधि ठप्प जस्तै भएको अवस्थामा खेल पर्यटनमार्फत आर्थिक क्षेत्रलाई गतिशील बनाउन प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो ।
प्रतियोगितामा विजेता हुने टोलीले दुई लाखसहित कप, पदक तथा प्रमाणपत्र पाउने आयोजक संस्थाका अध्यक्ष रामचन्द्र सापकोटाले बताए । उपविजेताले एक लाख ५० हजार, म्यान अफ दी सिरिजले १० हजार, इमर्जिङ प्लेयरले सात हजार र उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट विकेटकिपर, उत्कृष्ट फिल्डरले जनही पाँच÷पाँच हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले एक हजार ५०० सहितका पुरस्कार पाउने भएका छन् । प्रतियोगिताको समापन फागुन २५ गते हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण