शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना संक्रमित

सोमबार, १६ फागुन २०७८, १४ : १३
सोमबार, १६ फागुन २०७८

दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । आइतबार मध्यराति सम्म ती संक्रमित पाइएको बताइएको छ । तर पनि अघिल्लो दिनको तुलनामा भने यी संक्रमितको संख्या घटेको हो । यहाँ गत शनिबार १ लाख ६३ हजार जना संक्रमित पाइएका थिए । 

यहाँ अहिलेसम्म ३१ लाखभन्दा बढी संक्रमित पाइएका छन् । सुरुका पहिलो र दोस्रो लहरमा संक्रमितहरु नबढेको यहाँ पछिल्लो अर्थात् तेस्रो लहरमा भने प्रतिदिन बढ्दै गएको पाइएको छ । यहाँ ओमिक्रोन भाइरसको संक्रमण निकै तिव्र गतिमा बढेको पाइएको हो । तर पछिल्ला केही दिनमा भने सो संक्रमण दर घट्दै गएको बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप