बुटवलमा बन्द गराउँदै हिँडेका १७ जना पक्राउ
सोमबार, १६ फागुन २०७८, १४ : १७
बुटवलबाट प्रहरीले १७ जना बन्दकर्तालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार बुटवलको बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार वामपन्थी नेता तथा कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेल, नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, लेखक तथा साहित्यकार खोमा तरामु, वीरेन्द्र विक, पारस राहादी, इन्दु ओली, जानकी बोहोरा लगायत १७ जनालाई गिरफ्तार गरिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
विप्लव नेतृत्वको नेकपासहित ६ दलले एमसीसी सम्झौता संसदबाट पारित भएको विरोधमा सोमबार नेपाल बन्द आह्वान गरेका हुन् । जबर्जस्ती बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण