तरलता अभावबीच पनि रोकेनन् बैंकहरूले कर्जा विस्तार, एक हप्तामै ६ अर्ब वृद्धि
फागुनको दोस्रो हप्ता पनि बैंकिङ क्षेत्रमा निक्षेप संकलनमा खासै सुधार नभएको देखिएको छ । नेपाल बैंकर्स संघले जारी गरेको पछिल्लो रिपोर्टअनुसार फागुन ६ गतेदेखि १३ गतेसम्म २७ वाणिज्य बैंकहरूले जम्माजम्मी एक अर्ब रुपैयाँ निक्षेप बढाउँदै ४३ खर्ब १३ अर्ब रुपैयाँ संकलन गर्न सकेका हुन् । यसअघि अघिल्लो अर्थात् गत माघ २९ गतेदेखि फागुन ६ गतेसम्म बैंकहरूले ४३ खर्ब १२ अर्ब रुपैयाँ संकलन गरेका थिए ।
तर, एक हप्तामा एक अर्ब रुपैयाँमात्र निक्षेप संकलन वृद्धि गर्न सकेका बैंकहरूले सोही अवधिमा कर्जा लगानी भने ६ अर्ब रुपैयाँ बढाएका छन् । २७ वाणिज्य बैंकहरूले अघिल्लो हप्ता अर्थात् गत फागुन २९ गतेदेखि फागुन ६ गतेसम्म ४ अर्बले वृद्धि गर्दै ४१ खर्ब ५९ अर्ब रुपैयाँ लगानी गरेका थिए ।
पछिल्लो हप्ता अर्थात् फागुन ६ गतेदेखि १३ गतेसम्म थप ६ अर्बले बढाउँदै कुल ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यसले तरलता अभावबीच पनि बैंकहरूले कर्जा लगानी नरोकेको पुष्टि हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण