पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
सोमबार, १६ फागुन २०७८, १६ : ३२
पाल्पा रम्भा गाउँपालिका–१ हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु ७ प ५०३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुँदा रम्भा गाउँपालिका–१का १७ वर्षीय सन्दीप न्यौपानेको मृत्यु भएको हो ।
न्यौपानेको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ। हुँगीबाट हुँदै रामपुरतर्फ जाँदै गरेको भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने रामपुर नगरपालिका–१० का २५ वर्षीय उमाकान्त चापागाईँ घाइते भएको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । दुर्घटनाका वारेमा प्रहरीले थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण