स्टार अस्पतालमा डाक्टर भेट्ने समय अनलाइनबाटै लिन सकिने
सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट सेवा शुरू भएको छ । इ-सेवा र कोजेन्ट हेल्थको सहकार्यमा शुरू भएको इ–अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवा सुरू भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार अब डाक्टरसँगको परामर्शका लागि अपोइन्टमेन्ट बुकिङ तथा भुक्तानी इ-सेवा मोबाइल एप्लिकेशनमार्फत गर्न सकिनेछ ।
इ-सेवा मोबाइल वालेटभित्र हेल्थ सेक्सनमा गइ स्टार अस्पताल छनोट गरी आफूलाई सहज हुने मिति र समय छनोट गरी डाक्टरको अपोइन्टमेन्ट बुक गर्न र डिजिटल रूपमा तत्काल भुक्तानी गर्न सकिने र अपोइन्टमेन्ट प्रणालीले बिरामीलाई लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति दिने अस्पतालले जनाएको छ । यो सेवाले ओपीडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टि बढाउने अपेक्षा अस्पतालले लिएको छ ।
कोजेन्ट हेल्थ र इ-सेवाले अस्पतालहरूमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ । कोजेन्ट हेल्थ स्वास्थ्य सूचना प्रविधि क्षेत्रको प्रवर्द्धनात्मक कम्पनी हो । यसले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटलाइज गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको हस्तक्षेपपछि फिफा विश्वकपमा राजनीतिक आँधी
-
श्रममन्त्रीको दाबी, ‘वैदेशिक रोजगारी सुरक्षित बनाउन युद्धस्तरमा काम गरिरहेका छौँ’
-
१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
-
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र विपद् पूर्वतयारीबारे जानकारी गराउन सभामुखको निर्देशन
-
युक्रेन युद्ध अन्त्यका लागि सहयोग गर्ने ट्रम्पको प्रस्ताव, पुटिनसँग ९० मिनेट वार्ता
-
मेक्सिकोविरुद्धको विजय इंग्ल्यान्डको इतिहासका उत्कृष्ट नतिजामध्ये एक हो त ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण