किशोरी हत्याको कसुरमा ३६ वर्ष कैद सजायको फैसला
ताप्लेजुङमा करणीपछि किशोरीको हत्या गरेको कसुरमा दोषी ठहर गर्दै अदालतले एक युवकलाई छत्तीस वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतले पाँच महिना अघि भीरबाट लडाएर किशोरीको हत्या गरेको कसुरमा पक्राउ परेका फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई उक्त सजाय सुनाएको हो । जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले कर्तव्य ज्यान मुद्दामा २५ वर्ष र करणी कसुरमा ११ वर्ष कैदको फैसला गरेको हो ।
जिल्ला अदालतका इजलास सहायक निमाछिरिङ शेर्पाका अनुसार पीडकबाट पीडित पक्षलाई रु तीन लाख क्षतिपूर्ति भराउन आदेश भएको छ । कार्कीले फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम घर भई सदरमुकाम फुङ्लिङमा डेरा गरी बस्ने १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको गत असोज ८ गते करणीपछि हत्या गरेको अदालतले ठह¥याएको छ । भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ की छात्रा लिम्बूलाई फुङ्लिङ नगरपालिका–७ दोखुको सेती चौतारा नजिक निगाले भीरमा पु¥याएर सुरुमा जबरजस्ती करणी गरी भीरमा धकेली हत्या गरेको कसुरमा कार्की विरुद्ध प्रहरीले मुद्दा चलाएको थियो ।
आफूहरुबीच आठ÷नौ महिनादेखि प्रेम सम्बन्धसँगै शारीरिक सम्बन्धसमेत रहेको र विवाहको प्रसङ्गमा विवाद भएपछि सुरुमा करणी गरेको र त्यसपछि भीरमा धकेलेर लडाएको साथै विषसमेत खुवाएर हत्या गरेको कार्कीले प्रहरीसमक्ष बयान दिएका छन् । घटनाको दुई दिनपछि किशोरीको शव निगाले भीरमा फेला परेको थियो । किशोरीको आफन्तले दिएको किटानी जाहेरीका आधारमा घटनाको तीन दिनपछि कार्कीलाई पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण