नागरिक बचतपत्रको आवेदन अब अनलाइनबाट पनि दिन सकिने
नागरिक बचतपत्रको आवेदन अब अनलाइन प्रणालीमार्फत पनि दिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले हालै मात्र नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया दोस्रो संशोधन २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बचतपत्र अनलाइन खरिद गर्ने प्रक्रिया, तथा तरिका बारे जानकारी दिएको छ । बैंकका अनुसार नागरिक बचतपत्र बिक्रीको लागि मौद्रिक व्यवस्थापन विभागबाट निश्चित अवधि तोकी बिक्री खुल्ला गरिन्छ । खरिदकर्ताले सोही अवधिभित्र खरिदको लागि आवेदन दिनुपर्ने छ ।
यद्यपि, यस्तो नागरिक बचतपत्र सर्वसाधारण नेपाली नागरिकले मात्र खरिद गर्न सक्नेछन् । इच्छुक खरिदकर्ताले नागरिक बचतपत्र खरिद गर्नको लागि अनुसूची–१ बमोजिमको दुई प्रति आवेदन फारम र अनुसूची–२ बमोजिमको स्व–घोषणा फारम भरी वा राष्ट्र बैंकको वेबसाइट अन्तर्गत मनिटरी म्यानेजमेन्ट भित्र रहेको अनलाइन प्रणाली मार्फत पेश गर्न सकिनेछ । तर, फारममा खरिद गर्न चाहेको रकम अङ्क र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ ।
बचतपत्र दुई वा दुई भन्दा बढी व्यक्तिको संयुक्त नाममा पनि खरिद गर्न सकिनेछ भने, नाबालकको नाममा खरिद गर्नुपरे संरक्षक रही खरिद गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । नागरिक बचतपत्र भने न्यूनतम १० हजार रुपैयाँदेखि बढीमा १० हजारले निःशेष भाग जाने कुल आह्वान रकमसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण