शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश  १ मुद्रण उद्योग महासंघ अध्यक्षमा घिमिरे

मङ्गलबार, १७ फागुन २०७८, १५ : ३६
मङ्गलबार, १७ फागुन २०७८

नेपाल मुद्रण उद्योग महासंघ प्रदेश नं. १ को भेलाबाट लव घिमिरेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ । विराटनगरमा सोमबार महासंघको प्रदेश भेला भएको थियो । भेलाबाट उपाध्यक्षमा हरिप्रसाद तिम्सिना, सचिवमा शम्भुप्रसाद पोखरेल, सह–सचिवमा रोहितकुमार भट्टराई, कोषाध्यक्षमा गोविन्द निरौला निर्वाचित भएका छन् । 

सदस्यहरूमा राजकुमार साह, रमेश न्यौपाने, सूर्य निरौला, राजु मिश्र, विजय राई, भीम गौतम, हिमाल कार्की, दुर्गाप्रसाद तुम्रोक, सुरेश कटुवाल, घट्टराज भट्टराई, सन्तोष खड्का, राजिव ढुंगाना र हिमाल कार्की चयन भएका छन् कार्यक्रममा बोल्दै नेपाल मुद्रण उद्योग महासंघका नेताहरूले मुद्रण व्यवसायीहरूको एकता हुन सकेमात्र व्यवसायीको अधिकारी स्थापित हुने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप