निजी क्षेत्रको क्षमता सदुपयोग गर्न प्रतिवद्ध : मन्त्री खड्का
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले नीजि क्षेत्रसँग रहेको ज्ञान, सीप र क्षमतालाई देशको विकासमा लैजानु पर्ने बताएका छन् । उनले बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २० औं वार्षिक साधारणसभा उद्घाटन गर्दै सीपलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने बिषयमा गम्भीर छलफल भइरहेको बताए ।
मन्त्री खड्काले पछिल्लो समय नेपाल धेरै कुरामा परनिर्भर हुँदै गएको भन्दै त्यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने बताए । औद्योगिकिकरण बीना मुलुक समृद्ध हुन नसक्ने भन्दै उनले सरकार त्यसतर्फ अग्रसर भएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले मुलुकमा औद्योगिकमैत्री वातावरण बन्न नसक्दा उद्योगी व्यवसायीहरुलाई निरास भएको बताए । उनले मुलुकको समृद्धिका लागि औद्योगिकमैत्री ऐन कानुन निर्माण गर्नुपर्नेमा जोड दिए ।
नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकले स्वदेशी उद्योगको विकास विना मुलुक आत्मनिर्भर बन्न नसक्ने बताए । बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराइको अध्यक्षता भएको कार्यक्रममा ई. नेत्रनारायण भण्डारीको, उपाध्यक्ष उपेन्द्र अग्रवाल, पुर्व अध्यक्ष गणेश प्रसाद अधिकारी, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, लगायत बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण