कडा रोग लागेका स्वास्थ्य स्वयंसेविकालाई राहत
खोटाङमा प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषको व्याजबाट कडा रोगबाट ग्रसित भएका महिला स्वास्थ्य स्वयंसेविकालाई राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको छ । स्वास्थ्य कार्यालय अन्तरगत प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषमा रहेको ५२ लाखको बीउ पुँजीबाट तीन वर्षमा जम्मा भएको ८ लाखबढी रकमलाई मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी लगायतका कडा रोग लागेका महिला स्वास्थ्य स्वयंसेविकाको उपचारका लागि राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको हो ।
प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोष सञ्चालन व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङको अध्यक्षतामा बसेको बैठकले कोषबाट जम्मा भएको व्याजलाई कडा रोग लागेका महिला स्वास्थ्य स्वयंसेविकालाई राहत स्वरुप जनही ५० हजारका दरले सहयोग उपलव्ध गराउने निर्णय गरेको हो ।
कडा रोग लागेको सम्वन्धी कागजात पेश गरेपछि तोकिएको भुक्तानी उपलव्ध गराइने प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोष सञ्चालन व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए ।
यस्तै, ६० वर्ष उमेर भएपछि स्वेच्छिक अवकाश लिन चाहने महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइका लागि जनही २० हजार प्रोत्साहन रकम प्रदान गर्ने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण