हतियारसहित ३ जना प्रहरीको नियन्त्रणमा
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले हतियारसहित तीनलाई पक्राउ गरेको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ राप्ती पुल नजिकैबाट हतियार सहित ३ जना व्यक्ति पक्राउ परेको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो बस्ने वर्ष २९ को सुसान्त के।सी, १२ कोरियनपुर बस्ने वर्ष २८ को दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ को द्धारीका उपाध्याय रहेका छन ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय बनकट्टी बाँकेले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट बाग्मती प्रदेश ०१—०२५ च ३०९७ नं.को गाडी, गाडीको सिट पछाडीको ब्यागमा लुकाई छिपाई राखेको मेडिन युएसए अटोमेटिक पेस्तोल थान (१९एक),गोली ९ राउण्ड, खुडा थान १,(एक), नोक थान २(दुई)बरामद गरिएको छ । बरामद गरिएको हतियार र निज व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
-
पूर्वमन्त्री एवं राप्रपा नेता फत्तेसिंह थारुको निधन
-
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
-
मौद्रिक नीति लचिलो र उद्यममैत्री बनाउन प्रधानमन्त्रीको सुझाव, गभर्नरद्वारा सहजीकरणको प्रतिबद्धता
-
साउनको आगमनसँगै सजियो इन्द्रचोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण