बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘जेष्ठ पत्रकार वृत्ति’ कार्यान्वयनमा आउने महासंघको विश्वास

बुधबार, १८ फागुन २०७८, ०८ : ००
बुधबार, १८ फागुन २०७८

सरकारले जेष्ठ पत्रकारलाई  ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेकोमा नेपाल पत्रकार महासंघले कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ । यही फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णयबाट जेष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको थियो ।  

उक्त निर्णयअनुसार ६५ वर्षदेखि ६९ वर्ष उमेर समुहका जेष्ठ पत्रकारलाई मासिक ५ हजार, ७० देखि ७५ वर्षसम्म मासिक ७ हजार, ७६ देखि ८० वर्षसम्मका जेष्ठ पत्रकारलाई  मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समुहका जेष्ठ पत्रकारलाई मासिक १५ हजारका दरले ‘जेष्ठ पत्रकार वृत्ति’ उपलब्ध गराउने भएको छ ।

नेपाल पत्रकार महासंघले विगत लामो समयदेखि ६५ वर्षमाथिका पत्रकारलाई पत्रकार वृत्ति उपलब्ध गराउन सरकारलाई लिखित दबाब र सुझाव दिँदै आएको थियो । सरकारको निर्णय स्वागत योग्य भएपनि ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ का कतिपय प्रावधान सरलीकृत गर्न जरुरी रहेको महासंघका महासचिव रोसन पुरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप