रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार पठाउन पाइने
बुधबार, १८ फागुन २०७८, २० : ३६
नेपाल राष्ट्र बैंकले आन्तरिक रकम स्थानान्तरण अर्थात् डोमेस्टिक रेमिट्यान्स ट्रान्सफरको सीमा घटाएको छ । बुधबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले स्वदेशमा हुने सबैखाले आन्तरिक विप्रेषणको कारोबारको सीमा परिमार्जन गर्दै अधिकतम २५ हजार रुपैयाँ तोकेको हो ।
बैंकबाट स्वीकृति प्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब–एजेण्ट वा सब रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन अधिकतम २५ हजार रुपैयाँसम्म गर्न पाउने बैंकले जनाएको छ । यसअघि यस्तो विप्रेषण कम्पनी तथा एजेन्टहरूले एक दिनमा एक लाख रुपैयाँसम्म गर्न पाउँथे ।
तर विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्त (वेनिफिसियरी)लाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने पूर्ववत् रुपमा यथावत नै रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
-
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको मृत्यु
-
आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन
-
संसदीय समितिमा उद्योगमन्त्रीकाे आलाेचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण