विप्लवले बढाउन थाले राजनीतिक सक्रियता, नेताहरुसँगको भेटघाट तीव्र
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्ला दिन विभिन्न राजनीति दलका नेताहरूसँगको राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन् । एमसीसी सम्झौताका विषयमा कतिपय राजनीतिक दलहरुभित्रै अन्तर संघर्ष चर्किरहेका बेला महासचिव चन्दले दलका नेताहरूसँगको भेटघाटलाई तिब्रता दिएका हुन् ।
बुधबार महासचिव चन्दले नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरे । ललितपुरको हात्तिवनस्थित श्रेष्ठ निवासमा भएको दुई नेता बीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
एमसीसी सम्झौतालाई लिएर माओवादीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला विप्लव हात्तिवन पुग्नुलाई चासोको साथ हेरिएको छ । एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै लाइन रहेको छ । दुवै एमसीसीको विपक्षमा रहेका छन् । बुधबार नै महासचिव चन्दले नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पनि भेटवार्ता गरेका छन् । अध्यक्ष बिजुक्छेसँगको भेटवार्तामा एमसीसी सम्झौताकै विषयमा छलफल भएको बताइएको छ ।

बिजुक्छे भेट्न विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई लिएर भक्तपुर पुगेका थिए । भेटवार्तामा नेमकिपाका सांसद प्रेम सुवालसमेत सहभागी थिए । बिजुक्छे र विप्लवबीच नेपाली राजनीतिको पछिल्लो अवस्था र एमसीसी लगायतका विषयमा कुराकानी भएको विप्लव सचिवालयले जानकारी दिएको छ ।
विप्लव नेतृत्वको नेकपा र बिजुक्छे नेतृत्वको नेमकिपा दुवै एमसीसी खारेज गर्नुपर्ने पक्षमा छन् । नेमकिपाले संसदमै एमसीसीको विरोध गरेको थियो । यसअघि महासचिव चन्दले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेका थिए । खनालसँगको भेटवार्तामा पनि चन्दको एमसीसी सम्झौताका विषयमा छलफल भएको बताइएको छ । खनालले सुरुदेखि नै एमसीसीको विरोध गर्दै आएका थिए ।

विप्लव नेतृत्वको नेकपा लगायत ६ वामपन्थी दल लगायतका मोर्चा र संगठनहरुले एमसीसी सम्झौताको विरोध गर्दै आएका छन् । ती दलले एमसीसी सम्झौताको विरोधमा आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

