साँस्कृतिक पर्वले राष्ट्रियता एकता बलियो : मुख्यमन्त्री शाही
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सांस्कृतिक पर्वले नेपालको राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताए हिमाली आदिवासी शेर्पा समुदायले मनाउने ‘ग्याल्पो ल्होसार, २०७८’ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सांस्कृतिक विविधता नेपालको विशिष्ट पहिचान भएको जनाए ।
शेर्पा समुदायको नयाँ वर्ष ‘ग्याल्पो ल्होसार’को अवसरमा स्वदेश तथा विदेशमा बस्दै आउनुभएका सम्पूर्णमा नेपाली आमाबुबा, दाजुभाइ र दिदी बहिनीमा शुभकामना व्यक्त गरेका छन् । पुरानो ध्वजाका ठाउँमा नयाँ ध्वजा राखी नौ प्रकारका अन्न मिसाइएका अन्न खाँदै नयाँ वर्ष स्वागत गरेर मनाउने यस पर्वले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पुर्याएको उनले बताए ।
मुख्यमन्त्री शाहीले शुभकामनामा भनेका छन्, ‘बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक र भौगोलिक विविधताले भरिपूर्ण देश नेपालमा विद्यमान पर्वमध्ये आज परेको ‘ग्याल्पो ल्होसार’ले नेपालीमाझ आपसी सद्भाव, विश्वास, एकता, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने विश्वास लिएको छु ।” यस पर्वले नेपालीहरुमा नयाँ उमङ्गसहित हर्षोल्लास, शान्ति र भातृत्वको सन्देश फैलाउन सकोस् भन्ने उनले कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण