शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मिटरब्याजीले दुःख दिएको पीडितको दुखेसो

बिहीबार, १९ फागुन २०७८, १६ : २७
बिहीबार, १९ फागुन २०७८

सुनसरीको दहबीकी मुस्कान खातुनले आफूलाई विराटनगरका मिटरब्याजी अब्दुर गफारले दुःख दिएको गुनासो गरेकी छिन् । उनले गत साउनमा ५ लाख रुपैयाँ सापटी लिएको रकमको साँवा तिरिसक्दा पनि थप ब्याज रकम साढे ७ लाख दिनुपर्ने भन्दै दुःख दिएको बताइन् । 

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले ५ लाख रुपैयाँ दिएर साढे ७ लाखको चेक लगेको र सावा तिरिसकेपछि चेक बाउन्स भएको आरोपमा आफ्नो पति अफ्तर मियाँलाई पक्राउ गरिएको बताइन् । गफारको उजुरीका आधारमा श्रीमान् मियाँलाई दुहबी प्रहरीले ९ दिन अगाडि पक्राउ गरेर कष्टडीमा राखेको उनको भनाइ छ । 
‘पति अख्तर मियाँले घरव्यवहार गर्न भनि अब्दुल गफारसँग ५ लाख रुपैयाँ सापटी लिने हुँदा श्रीमानमा नाममा रहेको कृषि विकास बैंकको साढे ७ लाखको चेक दिनु भनेपछि दिएका थियौं,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘सावा

५ लाख रुपैयाँ फिर्ता गरेपछि चेक दिन्छु भनेको थियो, तर पटकपटक गरेर सावा रकमभन्दा बढी ५ लाख ४० हजार रुपैयाँ भुक्तानी भइसकेको छ, अहिले मिटरब्याज वापत हुने चेकमा उल्लेख भए बराबरको रकम साढे ७ लान दिन दबाब दिइरहेका छन् ।’

सो दबाब नमानेपछि पतिलाई पक्राउ गरिएको र कष्टडीमा राखेको उनले बताइन् । ‘सावा रकम दिइसकेपछि चेक फिर्ता दिन भन्दा म त मिटर ब्याजमा रुपैयाँ लगाउने व्यक्ति हुँ, मेरो सावा पाइसके अब ब्याज वापतको रकम तपाइँले दिएको चेकको हो, त्यो चेक बराबरको रकम दिनुहोस् अनि मात्र तपाईको चेक दिन्छु भनि चेक दिन इन्कार गरेका छन्,’ उनले थप भनिन्, ‘त्यसो भए कानून बमोजिम ब्याज लिनुहोस् सो दिन तयार छौं, तपाईँबाट त्यस्तो मिटर ब्याजको शर्तमा रुपैयाँ लिएको हैन, तपाईलाई त्यत्रो रुपैयाँ हामी गरिव मानिसले ६ महिनामा तपाईको ५ लाख रुपैयाँको डबल भन्दा बढी दिन सक्दैनौं भन्दा धाक धम्की दिइ जसरी भएपनि लिएरै छोड्छु भनि दिनप्रतिदिन मलाई मानसिक पीडा दिइरहेका थिए ।’

पत्रकार सम्मेलनमा पाँच लाखमध्ये दुई पटक २ लाखको दरले ४ लाख, पुनः ५० हजार नगद र ९० हजार बराबरको आफ्नो किराना पसलबाट गफारले सामान लगेको दाबी पनि गरिन् । 
यता मिटरब्याजी आरोप लागेका गफारले भने आफूलाई ३ महिनादेखि सावाँ रकम नै नदिएपछि निवेदन दिएर पक्राउ गराएको बताएका छन् । उनले आफूले ५ लाख नभएर साढे ७ लाख रुपैयाँ दिएको र सोही बराबरको चेक लिएको पनि प्रतिक्रिया दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप