इस्लामी संघले महिला हक अधिकारको विषयमा राष्ट्रव्यापी अभियान चलाउने
इस्लामी संघ नेपालले महिला हक अधिकार र उनको दायित्वको विषयमा राष्ट्रव्यापी अभियान चलाउने भएको छ । संघले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै देशभर मुस्लिम महिलाहरुको अधिकारबारे सचेतना कार्यक्रम आगामी फागुन २० देखि २६ गतेसम्म हुने जानकारी दिएको हो ।
यो अभियानमा मुस्लिम समुदायको बसोबास रहेका पालिकाहरूका अगुवाहरुसँग बैठक र छलफल गर्ने, कर्नर मिटिङ गर्ने, चौकचौतारामा सार्वजनिक उपदेश दिने, स्कुल, मदरसा र कलेजहरुमा कार्यक्रम गर्ने, सामाजिक सञ्जालमा सन्देशहरु प्रसारा गर्ने र स्थानीय महिलाहरुलाई कार्यक्रममार्फत जागरुक गराइने छ ।
अभियानका संयोजक जुल्फकार अली फलाहीले अभियानले मुस्लिम समाजमा महिला अधिकार र दायित्वको सम्बन्धमा चेतनामा परिवर्तन आउने बताए । ‘सकारात्मक परिवर्तन आउने विश्वास छ,’ उनले भने, ‘यी कार्यक्रमहरु मार्फत महिलालाई उचित सम्मान र स्थान दिइनेछ, उनीहरुसँग दुव्र्यवहार तथा अन्याय न्यून हुनेछ ।’
अभियानले महिलाहरुको हकको पूर्ण प्रत्याभूति गरिने, महिलाहरुमा धर्मपरायणता, धार्मिकता, धार्मिक अभिमान र सामाजिक मूल्य मान्यताको पालना गर्ने प्रवृत्ति बढ्ने, सामाजिक सेवाहरुमा महिलाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम हुने, छोरीहरुलाई उच्च शिक्षा दिने वातावरण अनुकूल बन्ने, दाइजो प्रथाबाट मुक्ति मिल्ने, सासु–बुहारी, नन्द र भाउजु वा अन्य महिलाबीचको हिंसा कम हुने, विधवा तथा अनाथप्रति समाजको दृष्टिकोण बदलिने अपेक्षा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण